२८ मंसिर २०८२, आईतवार
,
Latest
कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी 



अ+ अ-

चितवन । नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गर्नुभएको हो । गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् ।

एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ । उहाँले उहाँले भन्नुभयो, “इजरायलमा रहेका नेपालीलाई लिएर नेपाल बार एशोशिएसन गम्भीर छ । इजरालयमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यहाँको अवस्थालाई लिएर हामीलाई चिन्ता छ ।” अहिले पनि विपिन जोशी हमासको कब्जामा रहेको र उहाँको रिहाइका लागि आवाज उठाइने उहाँले बताउनुभयो । रासस