१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

औषधि व्यवसायीलाई डिएसपि लामाको सुझाव—‘कानूनले वर्जित गरेका औषधि नबेच्नु’

औषधि व्यवसायीलाई डिएसपि लामाको सुझाव—‘कानूनले वर्जित गरेका औषधि नबेच्नु’
अ अ+ अ-

काठमाण्डौ। प्रहरी वृत्त किर्तिपुरका प्रमुख, प्रहरी नायव उपरिक्षक राजु लामाले किर्तिपुरका विभिन्न वडाहरुमा सञ्चालित औषधि पसलका सञ्चालक तथा औषधि व्यवसायीहरुलाई कानूनले वर्जित गरेका कुनैपनि औषधिहरु विक्री नगर्न सुझाव दिएका छन् ।

प्रहरी वृत्त किर्तिपुर तथा सामुदायिक प्रहरी सेवा किर्तिपुरको संयुक्त आयोजना तथा किर्तिपुर मेडिकल व्यवसायी संघको समन्वयमा औषधि पसल सञ्चालक तथा औषधि व्यवसायीहरुसंगको अन्तरसंवाद कार्यक्रममा डिएसपि लामाले चिकित्सकको सिफारिस (पे्रस्किप्सन) विना ग्राहकले मागेकै भरमा कुनैपनि नशालु औषधि आफुखुसी नबेच्न पनि सुझाए ।

कानूनले वर्जित गरेका कुनैपनि औषधि विक्रीवितरण गरेको पाइएमा त्यस्तो कार्य गर्ने औषधि पसल सञ्चालक र औषधि व्यवसायीलाई कानून बमोजिम कारवाही गर्ने पनि डिएसपि लामाले चेतावनी दिए । किर्तिपुर मेडिकल व्यवसायी संघका अध्यक्ष शितलराज भुषालको सभापतित्वमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा किर्तिपुरका ३१ जना औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय लागुऔषध सेवनकर्ताहरुले मागेकै भरमा औषधि व्यवसायीहरुले आफ्नो फाइदा मात्र हेरेर सबैखाले (नशालु समेत) औषधि विक्री वितरण गर्ने गरेको पाइएकोले नेपाल प्रहरीले राजधानीका सबै औषधि पसलहरुमा छापा मारेर सम्वन्धित औषधि पसल सञ्चालक र औषधि व्यवसायीलाई कानुनी कारवाही समेत गरेको छ ।