८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप क्रिकेटः नेपालले अफगानिस्तानको सामना गर्दै



अ+ अ-

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ।

यसअघिको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ ।

यस्तै, भारतसँग आफ्नो पहिलो खेलमा सात विकेटले नै हार ब्यहोरेको अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ ।

आजै हुने अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।