३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको कार्य सम्पादन बैठक सम्पन्न,भोलि देखि केन्द्रिय समिति बैठक शुरु



फाइल तस्बिर
अ+ अ-

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ ।

बैठकले भोलि देखि काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ्गै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिबेदनहरु परिमार्जन सहित पास गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत “भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण” बारे प्रस्तुत राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन बिभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन केन्द्रीय समिती बैठकमा प्रस्तुत गर्ने गरि अनुमोदन गरिएको बैठक पछि महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

भोलिबाट शुरु हुने केन्द्रिय समिती बैठक पर्सि पनि संचालन हुनेछ भने पर्सि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्बजनिक गर्ने पार्टीले जनाएको छ ।