२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड



अ+ अ-

ब्राजाभिल्ले ।  विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । 
अहिले अफ्रिकामा कोभिड विरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरु देशहरुको तुलनामा निकै नै थोरै हो । 

विश्व स्वास्थ्य संगठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने लक्ष तय गरेको छ । तर अफ्रिकामा भने अहिलेसम्म पूर्ण मात्रा खोप लगाउने नागरिकको संख्या ११ प्रतिशत मात्र हुनु दुःखद हो भन्दै अफ्रिकालाई सहयोग गर्न विश्व समुदायलाई विश्व स्वास्थ्य संगठनले आग्रह पनि गरेको छ । 

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा अफ्रिकाका क्षेत्रीय निर्देशक मातासिदी मोएतीले सो कुरा बताउनुभएको हो । उहाँले लामो समयदेखि अफ्रिका खोपको पर्खाइमा बसेको भन्दै तर अझै पनि उपलब्ध हुन नसकेकाले सो कुरा बताउनुभयो । रासस/सिन्ह्वा