३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बिजुली चोरीको जरिवाना उठाउन गएका थिए अफिसर, उल्टै आफ्नो घरपालुवा कुकुर लगाएपछि…

बिजुली चोरीको जरिवाना उठाउन गएका थिए अफिसर, उल्टै आफ्नो घरपालुवा कुकुर लगाएपछि…
अ+ अ-

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित बुलन्दशहरमा बिजुली चोरीको घटना बाहिर आएको छ । तर, विद्युत चोरीविरुद्ध कारबाही गर्न गएको टोलीलाई उपभोक्ताले चकित पार्ने काम गरेका छन् ।

चोरीको जरिवाना तिराउन गएका अफिसरलाई एक परिवारका सदस्यले आफ्नै घरमा बाँधिएको कुकुरलाई छाडेका छन् । यति मात्र होइन, यस विषयमा जबरजस्ती करणीको मुद्दा पनि दर्ता भएको छ ।

विद्युत्कर्मीको टोलीमा उपभोक्ताले आफ्ना पाल्तु कुकुरलाई मात्रै छोडेनन्, कतिपय विद्युतकर्मीलाई कुटपिट पनि गरेका छन्, जसका कारण उनीहरु घाइते भएका छन् । झडपमा विद्युत विभागका जुनियर इन्जिनियर घाइते भएका छन् ।

पीडित विद्युत जेई ज्योति भास्कर मिश्रले प्रहरीलाई सहयोगको अपिल गर्दै मुद्दा दर्ता गरी कारबाही गर्न माग गरेका छन् । प्राप्त जानकारी अनुसार ३३र११ केभी सबस्टेसन वलीपुराको टोलीसँग यो घटना भएको हो ।

विद्युत विभागका कर्मचारीमाथि आक्रमण भएको ठाउँको नाम अम्बा कालोनी रहेको छ । घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले यस विषयमा कानुनी कारबाही अघि बढाएको छ ।

बुलन्दशहरको यो घटनाको बारेमा थाहा पाउने बित्तिकै सबै स्तब्ध भएका थिए । यस्ता घटना दोहोरिन नदिन विद्युत् कर्मचारी र उनका सहकर्मीको सुरक्षाका लागि तत्काल कारबाही गरिनुपर्ने स्थानीय बताउँछन् । जेईलाई कुकुरले टोक्नुका साथै ती उपभोक्ताका छोरा र साथीले जेईलाई निर्मम कुटपिट गरेको पनि उपभोक्ताको आरोप छ ।