२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः झापा एफसीको तेस्रो बराबरी



अ+ अ-

काठमाडौँ । अन्तिम समयमा १० खेलाडीमा सिमित भएको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) मा वीरगञ्ज युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ ।

दशरथ रंगशालामा आफ्नो चौथो खेलमा शुक्रवार अन्तिम १७ मिनेट १० खेलाडीमा सिमित झापाले वीरगञ्जलाई गोलरहित बराबरीमा रोकेको हो । यससँगै झापाले तेस्रो बराबरी गर्दै चार खेलबाट तीन अंक जोड्दै सातौं स्थानमा छ । झापाले एक खेल स्पोर्टिङ इलामसँग हारेको थियो । पुछारको टोली वीरगञ्जले चार खेलमा दोस्रो बराबरी गर्दै दुई अंक छ । त्यसअघि खेलको पहिलो आक्रमण ११औं मिनेटमा झापा एफसीले ग¥यो । लक्ष्मणले रुचालको कर्नर पासमा ओचिलोच समान्डरले करिब १० यार्ड टाढाको गोल प्रयास वीरगञ्जका गोलकिपर दीप कार्कीले मुस्किलले बचाए ।

त्यसको एक मिनेटपछि नै झापाको अर्को सशक्त आक्रमण गोलमा परिणत हुन सकेन । ३५ यार्डबाट समान्डरको सट दोस्रो बारमा ठोक्किँदै गोलकिपर दीपको खुट्टामा लागेर पनि फर्कियो । २५ औं मिनेटमा पेनाल्टी बक्सभन्दा केही बाहिर जर्ज सान्चेजको गोल प्रयास दीपले सफल हुन दिएनन् । झापाका लागि लक्ष्मणले ३२औं मिनेटमा गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् ।

लगत्तै लक्ष्मणकै फ्रिकिकमा अनमार्क रहेका सान्चेजले पेनाल्टी बक्सभित्र हेड गोल गर्ने अवसर खेर फाले । ३९औं मिनेटमा वीरगञ्जका सुवास गुरुङले आफ्नो टोलीको अग्रता लिने अवसर सुदपयोग गर्न सकेन । तेज तामाङले लामो पासलाई सुवासको फितलो हेडर झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके । ४२औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट सान्चेजको शक्तिशाली सट दीपले उत्कृष्ट बचाउ गरे । छिरिङ लामाले मध्यभागबाट दिएको लामो पासमा अफसाइड बिट गर्दै सान्चेजले आक्रमण बुने पनि सफल भए । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

४७औं मिनेटमा नै वीरगञ्जका कृपाकान्त थारुले हानेको सट दोस्रो बारमा ठोकिँएर फर्कियो । सोही क्रममा रिबाउण्ड बललाई ओबेद ओसुउले आठ यार्डबाट गरेको प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गरे । त्यसको तीन मिनेटपछि झापाका आवास लामिछानेले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहँद गोल गर्न सकेनन् । वीरगञ्जका ओबेदले अर्को अवसर खेर फाल्न पुगे । विलियम ओपोकुले दिएको बललाई उनले करिब १० यार्डबाट गोल गर्न सकेनन् । ६९औं मिनेटमा काउन्टर प्रयासमा ओबदको लामो प्रहार सफल हुन सकेन ।

वीरगञ्जले ७३औं मिनेटमा काउन्टर प्रयासमा गोल गर्ने अवसर पायो । अन्तिम डिफेन्डर बिट भइसकेको अवस्थामा झापाका योगेश गुरुङले वीरगञ्जका ओपोकुलाई पछाडिबाट तान्दै लडाए । त्यसलगत्तै गोल स्कोरिङ गर्ने अवसरमा फउल गरेपछि खेलका रेफ्री राम दसनले योगेशलाई रातो कार्ड दिए । त्यससँगै झापा १० खेलाडीमा सीमित भयो । त्यसको दुई मिनेटपछि नै वीरगञ्जका दीपेन्क ठकुरीले करिब ३० यार्ड टाढाबाट गरेका शक्तिशाली प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट पन्च गर्दै रोके ।

झापाका समान्डरले ८६औं मिनेटमा गरेको लामो सट वीरगञ्जका गोलकिपर दीपले पन्च गरे । त्यसको तीन मिनेटपछि लेफ्ट साइडबाट वीरगञ्जका तेज तामाङको फ्रिकिक माथिल्लो बारमा लागेर बाहिरिन पुग्यो । इन्जुरी समयमा झापाका उज्वल राईले लेफ्ट साइडबाट गरेको प्रहार दोस्रो बारको कर्नरमा लागेर बाहिरियो । समान्डरले वीरगञ्जका डिफेन्डर बिट गर्दै दिएको पासमा अनमार्क रहेका उज्वलले गोल गर्न सकेनन् । त्यससँगै खेल बराबरीमा सकियो ।