• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ★   आँखालाई माया गर्नुहोस्’ लोकार्पण ★   यी हुन् टी-२० विश्वकपमा समूह चरणमा धैरै रन बनाउने ब्याट्सम्यानहरु ★   शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ ★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

प्रधान सेनापतिको रोलक्रममा भएकाहरुको उमेर रक्षा मन्त्रालयले छानविन गर्नुपर्छः सांसद पन्त



काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भावि प्रधान सेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरुको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानविन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधान सेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरुको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताउनु भयो । उहाँले प्रधान सेनापतिको रोलक्रममा रहेकाहरु सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाली सेनाभित्रै छानविन भएर क्लिनचिट पाएकाहरुको पनि पनि उमेरमा कैफियत देखिएको उदाहारण दिँदै उहाँले सेना भित्रको छानविनले मात्रै नपुग्ने बताउनु भयो । त्यसै सांसद पन्तले अनावश्यक नेताहरुले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पिएसओ केहीको फिर्ता गरियो फिर्ता गरिएको मध्येबाट पनि केही माननीयज्युहरुले पुनः लिनुभयो भनिएको छ । यो विषयमा समितिले पहिल्यै निर्णय गरेको थियो ।

समितिले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ । हाम्रो निर्णयलाई कार्यान्वयन नगरिकन आलटाल गरेर थन्क्याइयो भने समितिको प्रभावकारिता हुँदैन । सेनाको बारेमा नकारात्मक ढंगले मिडिया र संसदमा छलफल हुनु आफैँमा राम्रो होइन । बढुवाको लागि जुन जर्नेलको नाम पठाइएको छ, उसको पनि उमेरको बारेमा प्रमाणसहित, डकुमेण्टसहित अखबारहरुमा छताछुल्ल भएको छ ।

जब प्रधान सेनापतिको लाइनमा बस्ने बेला हुन्छ, यस्ता विवादहरु आउने हुनाले यो समितिले आज एउटा निर्णय के गर्नुपर्छ भन्दाखेरी रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा किनभने सेना आफैँले छानविन गर्दाखेरी त त्रुटी भएको फेला पर्याे नि । सेनाले मात्रै छानविन गर्दा यो टुंगो लाग्दैन भन्ने देखियो । हामीले रक्षा मन्त्रालयलाई के निर्देशन गर्नुप¥यो भन्दाखेरी रक्षा मन्त्रालयले यस विषयमा छानविन गरोस् । उसले छानविन गरेर तथ्य के हो, किनभने नेपाली सेनाको भावि नेतृत्वहरुको उमेरलाई लिएर पटक–पटक नकारात्मक ढंगले प्रश्न उठ्नु राम्रो होइन ।’

उहाँले समितिमा विधेयकहरु अलपत्र परेका भन्दै विधेयकहरुको सम्बन्धमा पनि यथाशीघ्र छलफल हुनुपर्नेमा जोड दिनुभयो ।