२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो: प्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

गोरखा । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताउनुभएको छ ।

गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज समुद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका अहिले सकारात्मक गतिमा अघि बढिरहेको भन्दै सेवाग्राहीको सुविधा र जनआस्थालाई केन्द्रविन्दुमा राखेर सुधारका कामको थालनी गरिएको जानकारी दिनुभयो । “मैले प्रधानन्यायाधीशको पदभार सम्हालेको छोटो अवधिमा अहिले सुधारका स्पस्ट सङ्केत देखिन थालेका छन्”, उहाँले भन्नुभयो, ‘‘मेरो न्यायपालिकामा प्रवेश शाखा अधिकृतदेखि सुरु भएकाले न्यायका क्षेत्रमा भएका समस्यालाई बुझ्दै आएकाले सुधार गर्न सकिन्छ भनेर लागेको छु ।”

अदालतको सुधारका लागि अहिले आन्तरिक र बाह्य परिस्थिति अनुकूल भएको भन्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुधारमा सबैको स्वामित्व रहेको बताउनुभयो । उहाँले अदालतमा पछिल्लो समय नयाँ दर्ताको तुलनामा बढी मुद्दा फछ्र्योट हुने गरेकोसमेत उल्लेख गर्नुभयो । अदालतलाई प्रविधिमैत्री बनाउँदै लैजानका लागि थालनी भइसकेको उहाँको भनाइ छ ।

महिलावादी भएका मुद्दाहरु, घरेलु हिंसासम्बन्धी मुद्दा तथा अंशसम्बन्धी मुद्दा धेरै लामो अवधि तोक्नुहुँदैन भन्नेमा आफू प्रतिबद्ध रहेको भन्दै उहाँले त्यस्ता मुद्दालाई केही अगाडि टुङ्ग्याउन सकिन्छ की भनेर काठमाडौँ जिल्ला अदालतमा परिवारिक इजलास थालनी गरेको बताउनुभयो ।

उहाँले न्यायमा सहज पहुँचका लागि अदालतमा भिडियोमार्फत बहस गर्न सक्ने, बयान दिनसक्ने व्यवस्थासमेतको थालनी गरिएको बताउनुभयो । प्रधानन्यायाधीश श्रेष्ठले छिटोछरितो मुद्दाको किनारा लगाउने आफूहरुको चाहाना रहेको आफूहरु संविधानले बाँधिने भएकाले कसैको अधिकार खोसिन दिन नसकिने धारणा राख्नुभयो ।

“विकास निर्माणका काममा सकभर अदालतले सकारात्मक विचार राख्नुपर्छ भन्ने हाम्रो सोच छ”, उहाँले भन्नुभयो, “तर कसैको सम्पत्तिको हरण हुनदिन मिल्दैन, क्षतिपूर्ति नदिई काम गर्न मिल्दैन, मानव अधिकार र सम्पत्तिसम्बन्धी अधिकार पनि ख्याल गर्नुपर्छ ।”

नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको प्रत्याभूतिसहित मानव अधिकार, कानुनको शासन, नागरिक अधिकार, मौलिक अधिकार तथा संवैधानिक अधिकारसहितको न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।

उहाँले नवनिर्मित जिल्ला अदालतको भवनबाट हुने न्याय प्रदान तथा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले नवनिर्मित भवन आधारभूतरुपमा सुविधासम्पन्न भएको भन्दै यसको उचित संरक्षण र सम्वर्द्धनमा जोड दिनुभयो । रासस