• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

रोटे पिङमा मच्चिए एमाले नेता (फोटो–भिडियो)



लमजुङ । नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज लमजुङ आइपुगेको छ ।

यसैबीच लमजुङको सुन्दरबजारमा एमाले नेताहरु चर्खेपिङमा (रोटे) मच्चिएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्नुहुँदै करिब ४५ बर्षपछि हराउँदै गएको चर्खेपिङ खेल्न पाउँदा आनन्दको अनुभूति भएको जनाउनुभएको छ ।

स्थानीय जनसमुदायको न्यानो आतिथ्य, स्थानीय उत्पादनमा आधारित स्वरूची भोजनपछि नेपाली मौलिकतामा आधारित चर्खेपिङमा केही फन्को मार्ने अवसर प्राप्त भएकोमा आफूलाई आनन्दित तुल्याएको उहाँले उल्लेख गर्नुभएको छ ।