१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

८४ सालभन्दा अघि नै नेपालमा राजसंस्था स्थापना हुन्छ : अध्यक्ष थापा

८४ सालभन्दा अघि नै नेपालमा राजसंस्था स्थापना हुन्छ : अध्यक्ष थापा
अ अ+ अ-

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थपना हुने दावी गरेका छन् ।  रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनी हुने बताए ।

उनले नेपालमा राजसंस्था स्थापना भएमा विश्वको भू–राजनीतिमा नेपालको स्वतन्त्र अस्तित्व रहने, अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनाताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुने स्पष्ट पारे ।

राप्रपा नेपालले मान्ने राजसंस्था नेपाली कांग्रेसका नेता स्व। विश्वेश्वरप्रसाद कोइरालाले राजा र नेपाली जनताको घाँटी एकै ठाउँमा जोडिएको छ भनेजस्तै हो भन्ने अध्यक्ष थापाको भनाइ थियो । उनले ०६३ को राजनीतिक परिवर्तन असल मनसायले भएको भएतापनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा असफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकामा जोड दिए ।

थापाले भने, “संघीय लोकतान्त्रिक व्यवस्था एक भ्रष्ट व्यवस्थाको रूपमा रूपान्तरित भइकेको छ । शदीयौंदेखिको दासताको अन्त्य गर्ने भनिएतापनि त्यसको ठीक विपरीत सीमित राजनेता र राजनीतिक दलको सिन्डिकेट, सर्वसत्तावादी ढंगले देश चलाइरहेको छ ।”

उनले देशमा आर्थिक सम्बृद्धि हासिल गर्ने भनेतापनि देशको अर्थतन्त्र धराशायीको अवस्थामा पुगेको चर्चा गर्दै अध्यक्ष थापाले भने, “अर्थतन्त्र संकटग्रस्त छ । युवाशक्ति रोजगारीका लागि विदेश पलायन भइराखेको छ । राजनीतिक दलका नेताहरूप्रतिको नेपाली जनताको भरोसा टुटेर समाजमा उकुसमुकुस परिस्थिति देखापरेको छ ।”

अध्यक्ष थापाले सबै गणतन्त्रवादी राजनीतिक दलहरूलाई अपिल गर्दै भने, “यदि सहमति र सहकार्यबाट शान्तिपूर्ण ढंगले धर्मनिरपेक्षता, प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था नगरिएमा मुलुकमा नयाँ तानाशाह जन्मिने निश्चित छ र केही समयपछि राष्ट्र विखण्डनमा जाने खतरा देखिएको छ ।”

उनले अगाडि भने, “मुलुक भ्रष्टाचारले आक्रान्त भइरहेको र भ्रष्टाचारका जतिपनि काण्डहरू छन्, चाहे त्यो एनसेल कर छली, होस् वा नक्कली भुटानी शरणार्थी, ललितानिवास, सुनकाण्डलगायतमा राज्य र सरकार तथा नेताहरूका परिवार नै संलग्न रहेको छ ।” अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्मावलम्वीमाथि आक्रमण भइराखेको र उनीहरूको धर्म, संस्कृतिलाई अपमानित गर्ने कार्य भइराखेकोमा निन्दासमेत गरे । उनले सनातनीमाथि भएको बढ्दो आक्रमणले गर्दा भविष्यमा धार्मिक द्वन्द्व हुने खतरा देखिएको कुरा औल्याए ।

थापाले राष्ट्रमा राजसंस्था, हिन्दुराज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसार्इंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे । उनले राप्रपाले हालै राजसंस्था स्थापना गर्ने आन्दोलनमा सहकार्य गर्ने भनी गरिएको निर्णयको स्वागत गर्दै तत्काल राप्रपासँग पार्टी एकीकरण हुने सम्भावना नरहेको स्पष्ट पार्दै भने, राप्रपा नेपाल र राप्रपाबीच धेरै ठूलो मतभेद रहेको त्यो मतभेदको निराकरण नभएसम्म पार्टी एकता हुँदैन । राप्रपा अहिले सत्ता केन्द्रित रहेको छ ।”

अध्यक्ष थापाले एक प्रसंगमा भने माओवादी, एमाले र कांग्रेस पार्टीका नेताहरूसँग निजीरूपमा कुराकानी हुँदा उहाँहरू नेपाललाई हिन्दू राष्ट्र बनाउन पर्छ भन्ने कुरामा सहमत भएको पाएको छुँ ।

​