८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाजमा बस्न नसक्ने भएपछि हेलिकप्टर जस्तो देखिने गाडी लिएर जन्तिसहित आए बेहुला



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा एक बेहुलाको भिडियो भाइरल भइरहेको छ । जसमा उनले हेलिकप्टर जस्तो देखिने चारपाङ्ग्रे सवारीसाधनमा विवाहको जन्ति ल्याएका छन् ।

यो खबर छिमेकी राष्ट्र भारतको हो । बेहुलाको कारको यो तस्बिर निकै भाइरल भइरहेको छ । बिहे गर्न हेलिकप्टरजस्तै देखिने चारपाङ्ग्रे सवारीसाधनमा नौतनवा नगर पुग्दा उनी जिल्लाकै आकर्षणको केन्द्र बनेका थिए ।

अवस्था यस्तो थियो कि यो जन्ति जता–जता जाँदै थियो, त्यहाँ मानिसहरूको आकर्षणको केन्द्र बनिरहेको थियो । मानिसहरु यो हेलिकप्टर जस्तो गाडीको भिडियो बनाउन मग्न देखिन्थे । वास्तवमा, सिद्धार्थनगर जिल्लाका बेहुला इम्तियाज अहमदको विवाह महाराजगञ्ज जिल्लाको नौतनवा शहरमा भएको थियो । बेहुला इम्तियाजले हेलिकप्टर जस्तो देखिने यो कार देखेपछि त्यही कार आफ्नो बिहेमा लैजाने निर्णय गरेको बताए ।

यस्तो अवस्थामा अब इम्तियाजको सपना साकार भएको छ र उनी हेलिकप्टर जस्तो देखिने कारमा बिहे गर्न पुगेका छन् । दुलहाको जन्ति जुन बाटोबाट गुज्रिरहेको थियो, मानिसहरूको नजर बेहुलातिरै रोकिन्थ्यो । जहाजमा चढ्नुको सट्टा हेलिकप्टरजस्तै देखिने कारमा यसरी बेहुली लिन हिँड्दा आफू गौरवान्वित भएको बेहुला बताउँछन् ।

कतिपयले यसको भिडियो पनि बनाएका थिए भने कोही सेल्फी खिच्न व्यस्त थिए । हेलिकप्टर जस्तो देखिने सवारी साधनका मालिकले यसरी आफ्नो गाडी परिमार्जन गरेपछि यसको बुकिङ झनै बढेको बताए ।