• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

जहाजमा बस्न नसक्ने भएपछि हेलिकप्टर जस्तो देखिने गाडी लिएर जन्तिसहित आए बेहुला



एजेन्सी । सामाजिक सञ्जालमा एक बेहुलाको भिडियो भाइरल भइरहेको छ । जसमा उनले हेलिकप्टर जस्तो देखिने चारपाङ्ग्रे सवारीसाधनमा विवाहको जन्ति ल्याएका छन् ।

यो खबर छिमेकी राष्ट्र भारतको हो । बेहुलाको कारको यो तस्बिर निकै भाइरल भइरहेको छ । बिहे गर्न हेलिकप्टरजस्तै देखिने चारपाङ्ग्रे सवारीसाधनमा नौतनवा नगर पुग्दा उनी जिल्लाकै आकर्षणको केन्द्र बनेका थिए ।

अवस्था यस्तो थियो कि यो जन्ति जता–जता जाँदै थियो, त्यहाँ मानिसहरूको आकर्षणको केन्द्र बनिरहेको थियो । मानिसहरु यो हेलिकप्टर जस्तो गाडीको भिडियो बनाउन मग्न देखिन्थे । वास्तवमा, सिद्धार्थनगर जिल्लाका बेहुला इम्तियाज अहमदको विवाह महाराजगञ्ज जिल्लाको नौतनवा शहरमा भएको थियो । बेहुला इम्तियाजले हेलिकप्टर जस्तो देखिने यो कार देखेपछि त्यही कार आफ्नो बिहेमा लैजाने निर्णय गरेको बताए ।

यस्तो अवस्थामा अब इम्तियाजको सपना साकार भएको छ र उनी हेलिकप्टर जस्तो देखिने कारमा बिहे गर्न पुगेका छन् । दुलहाको जन्ति जुन बाटोबाट गुज्रिरहेको थियो, मानिसहरूको नजर बेहुलातिरै रोकिन्थ्यो । जहाजमा चढ्नुको सट्टा हेलिकप्टरजस्तै देखिने कारमा यसरी बेहुली लिन हिँड्दा आफू गौरवान्वित भएको बेहुला बताउँछन् ।

कतिपयले यसको भिडियो पनि बनाएका थिए भने कोही सेल्फी खिच्न व्यस्त थिए । हेलिकप्टर जस्तो देखिने सवारी साधनका मालिकले यसरी आफ्नो गाडी परिमार्जन गरेपछि यसको बुकिङ झनै बढेको बताए ।