६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाशमै लग्जरी होटलः ५ हजार जनाले बादलमाथि रात काट्ने अनुभव



अ+ अ-

एजेन्सी । तपाईले संसारभरि धेरै विलासी होटलहरू पाउनुहुनेछ, जहाँ सबै प्रकारका सुविधाहरू उपलब्ध छन् । स्विट्जरल्यान्डका सुन्दर हिमालको काखमा बनेको ‘एशर क्लिफ’को कुरा गरौं वा माल्दिभ्सको रंगाली टापुमा रहेको ‘कनराड होटल’को कुरा गरौं, यी होटलहरूमा छुट्टै रोमाञ्चक अनुभूति हुन्छ ।

यसबाहेक हिमपातको आनन्द दिने फ्रान्सको ‘एट्राप रिभ्स’ पनि निकै चर्चित छ । इटालीको ‘ग्रोटा होटल’ गुफा भित्र रहेकोले चिनिन्छ । यसैबीच यहाँ यस्तो अनौठो होटलको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा तपाईले अहिलेसम्म सपनामा मात्र सोच्नु भएको होला तर अब त्यो वास्तविकतामा परिणत हुन लागेको छ ।

आकाशमा एउटा होटल (स्काई क्रुज) को बारेमा कुरा गर्दैछौं, जसमा जिमदेखि स्विमिङ पुलसम्म सबै विलासी सुविधाहरू हुनेछन् । तपाईलाई यो अनौठो लाग्न सक्छ, तर यो सत्य हो । एउटा स्काई क्रुजको बारेमा बताउन गइरहेका छौं, जसले तपाईलाई बादलको बीचमा रात बिताउने मौका दिनेछ । हालै यो स्काई होटलको भिडियो सोसल मिडिया प्लेटफर्म एक्समा देखिएको छ ।

यमनका इन्जिनियर हासेम अल–घाइलीले यो स्काई क्रुजको बारेमा विस्तृत जानकारी दिँदै भने, ‘यो विशाल आणविक शक्तिबाट चल्ने ‘फ्लाइंग होटल’ हो, जुन सधैं आकाशमा उडिरहन्छ । यसमा एकै पटक ५ हजार यात्रु अटाउने क्षमता रहेको छ ।’

बादलको बीचमा हावामा बस्न कसलाई मन नपर्ला र ? यस क्रुजमा जिमदेखि स्विमिङ पुलसम्मका धेरै रोमाञ्चक गतिविधि गर्ने अवसर प्राप्त हुनेछ । भित्रबाट ५ तारे होटल जस्तो देखिन्छ ।

यति मात्र होइन, यसमा सपिङ मल, बार, रेष्टुरेन्ट, खेलकुद कम्प्लेक्स, सिनेमा हल र बालबालिकाका लागि खेल्ने मैदान पनि छ । यसको भित्र एक विशाल सम्मेलन केन्द्र पनि छ, जहाँ कुनै पनि कार्यक्रम आयोजना गर्न सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो स्काई क्रूज पूर्णतया परमाणु ऊर्जाद्वारा संचालित हुनेछ ।