२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपः पहिलो खेलमा पाकिस्तानको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौं । आज शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नेपालले आज पाकिस्तानको सामना गर्दैछ । यस्तै भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार सवा ११ बजे सुरु हुनेछ । पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । पाकिस्तान पनि पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ ।

नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन् । नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन् ।

पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन् । उनीसँग ३ वटा टी–२० आई खेलेको अनुभव छ ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

देव खनाल कप्तानी रहेको नेपाली टोलीमा गुलशन झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् । जगत टमाटाले प्रशिक्षण सम्हालेका छन् ।