२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको यात्रा: पुरा होला त मिसन ०८४ को लक्ष्य ?



अ+ अ-

काठमाडौं । मंसीर १४ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गर्नुभयो ।

नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गर्नुभयो । पार्टीका सारथीहरुलाई लिएर दैनिक करिब १०० किलोमिटरको हाराहारीको यात्रा ठाँउ ठाँउको सम्बोधन ,नागरिकको निरन्तर अन्तरक्रियाले ओलीका उत्साह थपिएको देखिन्छ ।

यात्रामा क्रममा ओलीले बिशेष गरेर सरकार र राजसंस्था आक्रामक अभिव्यक्ति दिनुका साथै स्थानीय समस्या, सम्भाबना र अबसरका बारेमा समेत चर्चा गरिरहनु भएको छ । सम्बोधनका क्रममा उहाँले चिन्ता नगर्नुस्, एमाले आउँछ, जनताका समस्या समाधान गर्छ, विकास निर्माणको काम गर्छ र देश बनाउँछ भन्ने आश्वसन दिनु भएको छ ।

उहाँले कुशासन, अविकास तथा अधोगति रोक्न र सुशासन, विकास तथा अग्रगति सुनिश्चित गर्न एमालेले मुलुकको बागडोर सम्हाल्नु पर्ने बताउनु भएको छ ।त्यसका लागि एमाले एक्लैले बहुमतको सरकार बनाउनु पर्छ भन्दै मिसन ०८४ मा उत्रिएको हो ।

यात्रामा रहनु भएका एमाले उपाध्यक्ष बिष्णु पौडेलले भन्नुभयो -एक्लै आउन् वा गठबन्धन गरेर आउन्, देश भित्रका मात्र आउन् वा बाहिरको आशीर्वाद लिएर आउन्, आगामी निर्वाचनमा सूर्य चिन्ह त आयो-आयो, एमाले त आयो-आयो ।

उहाँले भन्नुभयो “निर्वाचन चाहे २०८४ मा होस् वा त्यो भन्दा अगाडी, अब हुने निर्वाचनमा एमालेको पूर्ण बहुमतको सरकार रोक्ने तागत कसैसंग छैन । बाग्लुङको गलकोटबाट पाँचथरको चिवाभञ्ज्याङ सम्म पुग्दा यो निष्कर्ष नयाँ उचाईबाट पुनर्पुष्टी हुने निश्चित छ ।

उहाँले भन्नुभयो “असाधारण सक्रियता र विशाल जनसहभागिताका कारण देश विकासको जिम्मा एमालेले लिन्छ भन्ने कुरामा नागरिक आशाबादी भएको पाईयो ।”  उहाँले भन्नुभयो ‘स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी अभियान अघि बढीरहेको छ । मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाईंसराई, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसावले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन भैरहेको छ ।’

उहाँले भन्नुभयो,देशको सामाजिक विकासका निमित्त त्यसले योगदान दिन्छ भन्ने सोचको साथमा हामीले पुष्पलाल लोकमार्गको परिकल्पना गरेका हौँ । त्यसलाई योजनामा समावेश गरेका हौँ, त्यसमा बजेट विनियोजन गरेका हौँ । निर्माण कार्यलाई पनि हामीले नै गतिकासाथ अघि बढाएका हौँ । यसका केही कामहरु अझै बाँकी छ । हामी के चाहिरहेका छौँ भने यो यात्राका क्रममा जनतामा यो सन्देश दिन चाहन्छौँ। ‘

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रिय कमिटी, पोलिटब्युरोका सदस्यहरुका साथै जनसंगठनका नेतारकार्यकर्ताहरु सहभागी भएका छन् ।

मंसिर १४ गते बिहान बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको यात्रा पुस महिनाको २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा गएर यात्रा सम्पन्न हुनेछ ।