१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमालेको यात्रा: पुरा होला त मिसन ०८४ को लक्ष्य ?

एमालेको यात्रा: पुरा होला त मिसन ०८४ को लक्ष्य ?
अ अ+ अ-

काठमाडौं । मंसीर १४ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गर्नुभयो ।

नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गर्नुभयो । पार्टीका सारथीहरुलाई लिएर दैनिक करिब १०० किलोमिटरको हाराहारीको यात्रा ठाँउ ठाँउको सम्बोधन ,नागरिकको निरन्तर अन्तरक्रियाले ओलीका उत्साह थपिएको देखिन्छ ।

यात्रामा क्रममा ओलीले बिशेष गरेर सरकार र राजसंस्था आक्रामक अभिव्यक्ति दिनुका साथै स्थानीय समस्या, सम्भाबना र अबसरका बारेमा समेत चर्चा गरिरहनु भएको छ । सम्बोधनका क्रममा उहाँले चिन्ता नगर्नुस्, एमाले आउँछ, जनताका समस्या समाधान गर्छ, विकास निर्माणको काम गर्छ र देश बनाउँछ भन्ने आश्वसन दिनु भएको छ ।

उहाँले कुशासन, अविकास तथा अधोगति रोक्न र सुशासन, विकास तथा अग्रगति सुनिश्चित गर्न एमालेले मुलुकको बागडोर सम्हाल्नु पर्ने बताउनु भएको छ ।त्यसका लागि एमाले एक्लैले बहुमतको सरकार बनाउनु पर्छ भन्दै मिसन ०८४ मा उत्रिएको हो ।

यात्रामा रहनु भएका एमाले उपाध्यक्ष बिष्णु पौडेलले भन्नुभयो -एक्लै आउन् वा गठबन्धन गरेर आउन्, देश भित्रका मात्र आउन् वा बाहिरको आशीर्वाद लिएर आउन्, आगामी निर्वाचनमा सूर्य चिन्ह त आयो-आयो, एमाले त आयो-आयो ।

उहाँले भन्नुभयो “निर्वाचन चाहे २०८४ मा होस् वा त्यो भन्दा अगाडी, अब हुने निर्वाचनमा एमालेको पूर्ण बहुमतको सरकार रोक्ने तागत कसैसंग छैन । बाग्लुङको गलकोटबाट पाँचथरको चिवाभञ्ज्याङ सम्म पुग्दा यो निष्कर्ष नयाँ उचाईबाट पुनर्पुष्टी हुने निश्चित छ ।

उहाँले भन्नुभयो “असाधारण सक्रियता र विशाल जनसहभागिताका कारण देश विकासको जिम्मा एमालेले लिन्छ भन्ने कुरामा नागरिक आशाबादी भएको पाईयो ।”  उहाँले भन्नुभयो ‘स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी अभियान अघि बढीरहेको छ । मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाईंसराई, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसावले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन भैरहेको छ ।’

उहाँले भन्नुभयो,देशको सामाजिक विकासका निमित्त त्यसले योगदान दिन्छ भन्ने सोचको साथमा हामीले पुष्पलाल लोकमार्गको परिकल्पना गरेका हौँ । त्यसलाई योजनामा समावेश गरेका हौँ, त्यसमा बजेट विनियोजन गरेका हौँ । निर्माण कार्यलाई पनि हामीले नै गतिकासाथ अघि बढाएका हौँ । यसका केही कामहरु अझै बाँकी छ । हामी के चाहिरहेका छौँ भने यो यात्राका क्रममा जनतामा यो सन्देश दिन चाहन्छौँ। ‘

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रिय कमिटी, पोलिटब्युरोका सदस्यहरुका साथै जनसंगठनका नेतारकार्यकर्ताहरु सहभागी भएका छन् ।

मंसिर १४ गते बिहान बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको यात्रा पुस महिनाको २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा गएर यात्रा सम्पन्न हुनेछ ।