१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.72

Wind: 2.06

Humidity: 87

तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै देखिएको थियो : सांसद केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारलाई मात्र दिन नमिल्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताउनुभयो ।

३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको उहाँले बताउनुभयो ।

जस कसले लिने भन्ने ठूलो कुरा नभई काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको भन्दै उहाँले ३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर हुंकार गर्नु कत्तिको न्यायोचित हुन्छ ? भनेर प्रश्नसमेत गर्नुभयो ।