• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

एमालेले सुरुवात गरेका योजना वर्तमान सरकारले प्रभावित बनायो: अध्यक्ष ओली



बागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा गरेका कामको स्मरण गर्नुभएको छ ।

झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रामा निस्निु भएका अध्यक्ष ओलीले बागलुङ जिल्ला कमिटीले आयोजना गरेको सन्देश सभामा एमाले सरकारमा हुँदा सुरुवात गरेका विकासका कामको स्मरण गर्दै गठबन्धन सरकारले उक्त कामहरु प्रभावित बनाएको आरोप लगाउनुभयो ।

तालमेल गरेर सरकारको नेतृत्व गरेको एमालेलाई खुट्टा तान्दा तान्दै म्याग्दीको बेनी हुँदै मुस्ताङ–कोराला नाका खोलेको, मुस्ताङमै युरिनियमको खानी अध्ययनका लागि विशेषज्ञ झिकाएर सेनाको जिम्मा लगाएको स्मरण गर्दै ओली आफैले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसक्दासमेत ‘कम्र्फटेबल’ सरकारले अन्तर्राष्ट्रिय उडानको अनुमति नदिएको बताउनुभयो ।

गठबन्धन सरकारलाई हुतियाराको संज्ञा दिदैँ एमाले अध्यक्ष ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिबी, अराजकता, जनतामा अन्योलता, निराशाको अन्त्य गर्न नेकपा एमालेकै सरकार आउनु पर्ने बताउनु भयो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट–चिवाभन्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा तय गर्नुको मुख्य उद्देश्य जनताको मनोभावना अध्ययन गर्नु र मध्यपहाडी लोकमार्गको सम्भावना खोज्नु रहेको बताउँदै ओलीले जनतामा एमालेले देश बर्बाद हुन दिदैँन भन्ने विश्वास रहेको बताउनुभयो ।

उहाँले जनताको अपेक्षा अनुसार सुखी नेपाली सम्वृद्ध नेपाल बनाउँने संकल्प पुरा गर्न पार्टीको तल्लो तहदेखिनै काम गर्न आव्हन गर्नुभएको छ ।
एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताउनुभयो ।

पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नु पर्ने आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो । नेकपा एमाले भ्रष्टाचारी र अनियमितताको विरुद्धमा रहेको भन्दै देशमा सुशासन र विकास एमालेले मात्रै गर्न सक्ने दाबी गर्नुभयो ।

“यो देशमा विकासको खाका तयार गर्ने पार्टी हो एमाले, एमाले बाहेक अन्य पार्टीमा त्यो भिजन छैन, अहिले हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ विकासले गति लिएको छ, विकासको थालनी एमालेले गरेको हो” अध्यक्ष ओलीले भन्नुभयो – “हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यस बीचमा हामीहरुले धेरै संभावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने ?, यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरुले योजना बनाउन थालेका छौँ ।”

अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिशन ८४ सफल पार्नु पर्ने बताउनुभयो । मिशन सफल पार्न नेकपा एमालेको एकल बहुमत आउन जरुरी रहेको उहाँको भनाइ छ । देशको चिन्ता एमाले बाहेक अरु कसैलाई नभएको दाबी गर्नुभयो ।