१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमालेले सुरुवात गरेका योजना वर्तमान सरकारले प्रभावित बनायो: अध्यक्ष ओली

एमालेले सुरुवात गरेका योजना वर्तमान सरकारले प्रभावित बनायो: अध्यक्ष ओली
अ अ+ अ-

बागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा गरेका कामको स्मरण गर्नुभएको छ ।

झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रामा निस्निु भएका अध्यक्ष ओलीले बागलुङ जिल्ला कमिटीले आयोजना गरेको सन्देश सभामा एमाले सरकारमा हुँदा सुरुवात गरेका विकासका कामको स्मरण गर्दै गठबन्धन सरकारले उक्त कामहरु प्रभावित बनाएको आरोप लगाउनुभयो ।

तालमेल गरेर सरकारको नेतृत्व गरेको एमालेलाई खुट्टा तान्दा तान्दै म्याग्दीको बेनी हुँदै मुस्ताङ–कोराला नाका खोलेको, मुस्ताङमै युरिनियमको खानी अध्ययनका लागि विशेषज्ञ झिकाएर सेनाको जिम्मा लगाएको स्मरण गर्दै ओली आफैले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसक्दासमेत ‘कम्र्फटेबल’ सरकारले अन्तर्राष्ट्रिय उडानको अनुमति नदिएको बताउनुभयो ।

गठबन्धन सरकारलाई हुतियाराको संज्ञा दिदैँ एमाले अध्यक्ष ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिबी, अराजकता, जनतामा अन्योलता, निराशाको अन्त्य गर्न नेकपा एमालेकै सरकार आउनु पर्ने बताउनु भयो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट–चिवाभन्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा तय गर्नुको मुख्य उद्देश्य जनताको मनोभावना अध्ययन गर्नु र मध्यपहाडी लोकमार्गको सम्भावना खोज्नु रहेको बताउँदै ओलीले जनतामा एमालेले देश बर्बाद हुन दिदैँन भन्ने विश्वास रहेको बताउनुभयो ।

उहाँले जनताको अपेक्षा अनुसार सुखी नेपाली सम्वृद्ध नेपाल बनाउँने संकल्प पुरा गर्न पार्टीको तल्लो तहदेखिनै काम गर्न आव्हन गर्नुभएको छ ।
एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताउनुभयो ।

पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नु पर्ने आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो । नेकपा एमाले भ्रष्टाचारी र अनियमितताको विरुद्धमा रहेको भन्दै देशमा सुशासन र विकास एमालेले मात्रै गर्न सक्ने दाबी गर्नुभयो ।

“यो देशमा विकासको खाका तयार गर्ने पार्टी हो एमाले, एमाले बाहेक अन्य पार्टीमा त्यो भिजन छैन, अहिले हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ विकासले गति लिएको छ, विकासको थालनी एमालेले गरेको हो” अध्यक्ष ओलीले भन्नुभयो – “हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यस बीचमा हामीहरुले धेरै संभावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने ?, यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरुले योजना बनाउन थालेका छौँ ।”

अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिशन ८४ सफल पार्नु पर्ने बताउनुभयो । मिशन सफल पार्न नेकपा एमालेको एकल बहुमत आउन जरुरी रहेको उहाँको भनाइ छ । देशको चिन्ता एमाले बाहेक अरु कसैलाई नभएको दाबी गर्नुभयो ।