११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्छ : सचेतक गुरुङ



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले  प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको  बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताउनुभयो । 

उहाँले धारा १०० को उपधारा २ आकर्षित हुने र त्यसमा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको बताउनुभयो ।

गुरुङले भन्नुभयो, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने संवैधानिक रुपले वैधानिकता हासिल हुनसक्छ। ३० दिनभित्र विश्वासको मत नलिएको अवस्थामा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ ।’

यस्तै गुरुङले सरकारले विधिको शासनलाई नपछ्याएको बताउँदै प्रतिनिधि सभाको बैठक सामान्य एजेन्डाहरुमा मात्रै सिमित भएको बताउनुभयो । सदनभित्र थुप्रै एजेन्डाहरु भएपनि ती एजेन्डाहरु अगाडी बढ्न नसकेको पनि उहाँले उल्लेख गर्नुभयो ।