२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कोहलीले तोड्न सक्छन् सचिनको १०० शतकको कीर्तिमान ? लाराले दिए यस्तो जवाफ



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटका दुई दिग्गज सचिन तेन्दुलकर र विराट कोहलीबीच सधैँ प्रतिस्पर्धा हुने गरेको छ ।

हालै कोहलीले एकदिवसीय क्रिकेटमा सचिनको ४९ शतकलाई पछि पार्दै आफ्नो ५०औँ एकदिवसीय ऐतिहासिक शतक बनाए । यस्तो अवस्थामा अब वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान ब्रायन लाराले विराट कोहलीले तेन्दुलकरको अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतकको बराबरी गर्नेबारे टिप्पणी गरेका छन् ।

भारतले २०२४ मा केवल पाँच ओडीआई खेल खेल्नुपर्ने छ र कोहलीको टी–२० आई खेल्ने बारे कुनै स्पष्टता छैन । अब यस्तो अवस्थामा कोहलीले तेन्दुलकरको १०० शतक बराबरी गर्ने हो भने अबको ४ वर्षमा लगातार ५ शतक बनाउन उनको लागि सजिलो हुनेछैन ।

यस्तो अवस्थामा विराटको ब्याटिङका ​​ठूला फ्यान भएका ब्रायन लाराले आनन्दबजार पत्रिकासँग कुरा गर्दै कोहली तेन्दुलकरको १०० शतकको बराबरी गर्नबाट २० कदम टाढा रहेको र आफूलाई कोहलीले यो कीर्तिमान हासिल गर्न सक्ने जस्तो नलाग्ने प्रतिक्रिया दिएका छन् । यो निकै कठिन रहेको लारा बताउँछन् ।

वेस्ट इन्डिजका पूर्व कप्तानले क्रिकेटको दृष्टिकोणले यो ठीक नरहेको बताएका छन् । उनले भने, ‘कोहली अझै २० शतक टाढा छन् । अधिकांश क्रिकेटरले आफ्नो पूरा करियरमा यति धेरै शतक बनाउन सकेका छैनन् । उनले भने, उमेर कसैको लागि रोकिदैन । कोहलीले अझै धेरै कीर्तिमान तोड्नेछन्, तर सय शतक लाग्छ, सबैभन्दा कठिन हो ।’

तर, लाराले यो पनि भने कि यदि कोही १०० शतक नजिक आउन सक्छ भने त्यो कोहली हो । उनले आफू कोहलीको अनुशासन र समर्पणको ठूलो प्रशंसक रहेको बताउँदै कोहली सबै कुरा छोडेर खेलको तयारीमा लागेको प्रतिक्रिया दिए ।

‘यदि उनले तेन्दुलकर जस्तै १०० शतक बनाउन सक्छ भने म धेरै खुसी हुनेछु । सचिन मेरो प्यारो साथी थिए र मैले पहिले भने जस्तै म कोहलीको ठूलो फ्यान हुँ ।’ उनले थपे ।