एजेन्सी । भारतीय क्रिकेटका दुई दिग्गज सचिन तेन्दुलकर र विराट कोहलीबीच सधैँ प्रतिस्पर्धा हुने गरेको छ ।
हालै कोहलीले एकदिवसीय क्रिकेटमा सचिनको ४९ शतकलाई पछि पार्दै आफ्नो ५०औँ एकदिवसीय ऐतिहासिक शतक बनाए । यस्तो अवस्थामा अब वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान ब्रायन लाराले विराट कोहलीले तेन्दुलकरको अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतकको बराबरी गर्नेबारे टिप्पणी गरेका छन् ।
भारतले २०२४ मा केवल पाँच ओडीआई खेल खेल्नुपर्ने छ र कोहलीको टी–२० आई खेल्ने बारे कुनै स्पष्टता छैन । अब यस्तो अवस्थामा कोहलीले तेन्दुलकरको १०० शतक बराबरी गर्ने हो भने अबको ४ वर्षमा लगातार ५ शतक बनाउन उनको लागि सजिलो हुनेछैन ।
यस्तो अवस्थामा विराटको ब्याटिङका ठूला फ्यान भएका ब्रायन लाराले आनन्दबजार पत्रिकासँग कुरा गर्दै कोहली तेन्दुलकरको १०० शतकको बराबरी गर्नबाट २० कदम टाढा रहेको र आफूलाई कोहलीले यो कीर्तिमान हासिल गर्न सक्ने जस्तो नलाग्ने प्रतिक्रिया दिएका छन् । यो निकै कठिन रहेको लारा बताउँछन् ।
वेस्ट इन्डिजका पूर्व कप्तानले क्रिकेटको दृष्टिकोणले यो ठीक नरहेको बताएका छन् । उनले भने, ‘कोहली अझै २० शतक टाढा छन् । अधिकांश क्रिकेटरले आफ्नो पूरा करियरमा यति धेरै शतक बनाउन सकेका छैनन् । उनले भने, उमेर कसैको लागि रोकिदैन । कोहलीले अझै धेरै कीर्तिमान तोड्नेछन्, तर सय शतक लाग्छ, सबैभन्दा कठिन हो ।’
तर, लाराले यो पनि भने कि यदि कोही १०० शतक नजिक आउन सक्छ भने त्यो कोहली हो । उनले आफू कोहलीको अनुशासन र समर्पणको ठूलो प्रशंसक रहेको बताउँदै कोहली सबै कुरा छोडेर खेलको तयारीमा लागेको प्रतिक्रिया दिए ।
‘यदि उनले तेन्दुलकर जस्तै १०० शतक बनाउन सक्छ भने म धेरै खुसी हुनेछु । सचिन मेरो प्यारो साथी थिए र मैले पहिले भने जस्तै म कोहलीको ठूलो फ्यान हुँ ।’ उनले थपे ।