२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

चैत २३ गते बस्नेगरी आजको प्रतिनिधि सभा बैठक सम्पन्न

चैत २३ गते बस्नेगरी आजको प्रतिनिधि सभा बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौं । आगामी चैत २३ गते दिउँसो १ बजे बस्नेगरी प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वउद्योगमन्त्रीसमेत रहेका जोशी र कांग्रेस नेत्री भण्डारीको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।    बैठकमा जोशी र भण्डारीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । बैठकले जोशीको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

निष्ठावन्, इमान्दार, जुझारु र जनसेवामा समर्पित नेता एवम् लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका जोशीको ५९ वर्षको उमेरमा यही चैत १३ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँ विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ८ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो ।
    
त्यस्तै, कांग्रेसका तर्फबाट विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित एवम् लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका भण्डारीको ६८ वर्षको उमेरमा चैत १६ गते ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । बैठकले स्व भण्डारीको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्नेछ ।