• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा



फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले एनसेल प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी रहेको बताउनु भएको छ ।

एनसेलको खरिदबिक्रि सस्कास्पद रहेको दाबी गर्दे महमन्त्री शर्माले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गर्नुपर्ने जनाउनु भएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ ।

 Ncell ले `पुँजिगत लाभकर´ नतिर्ने प्रपन्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको नाम थियोे No tax No Ncell  दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो ! अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी l जनदबाबको स्वतस्फूर्त साथ फेरिपनी साथमा हुनेछ l

६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको Ncell को `खरिदबिक्री´ शंकास्पद छ l यसलाई रोकेर यो `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी छ ! अनियमितता विरुद्ध सम्पुर्ण एकताको दृस्टीसाथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पुर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक छ l
बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गरौं l अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपुर्ण ढंगले कार्य गरौं l बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं l