• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर



एजेन्सी । बंगलादेशका ब्याट्सम्यान मुस्फिकुर रहिमलाई मैदानमा अवरोध गरेको भन्दै आउट घोषित गरिएको छ ।

बुधबार मिरपुरमा भएको दोस्रो बंगलादेश र न्यूजिल्याण्ड टेस्ट म्याचको पहिलो दिन स्टम्पतिर आएको बललाई हातले रोक्ने प्रयास गरेपछि रहिमलाई आउट घोषित गरिएको हो । यसरी आउट हुने उनी पहिलो बंगलादेशी क्रिकेटर हुन् ।

घरेलु मैदान मिरपुरमा खेलिएको यस खेलमा आयोजक टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिलो इनिङ्सको ४१ औं ओभरमा मुस्फिकुरले फास्ट बलर काइल जेमिसनको बलको सामना गरे । उनले स्टम्पतिर उछालिएको बललाई दाहिने हातले रोक्ने प्रयास गरे।

मुस्फिकुर टेस्ट म्याचमा बल ह्यान्डलिङका कारण आउट हुने आठौँ खेलाडी हुन् । साथै, उनी यही कारणले आउट हुने क्रिकेट इतिहासमा ११ औँ खेलाडी बनेका छन् ।