२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर



अ+ अ-

एजेन्सी । बंगलादेशका ब्याट्सम्यान मुस्फिकुर रहिमलाई मैदानमा अवरोध गरेको भन्दै आउट घोषित गरिएको छ ।

बुधबार मिरपुरमा भएको दोस्रो बंगलादेश र न्यूजिल्याण्ड टेस्ट म्याचको पहिलो दिन स्टम्पतिर आएको बललाई हातले रोक्ने प्रयास गरेपछि रहिमलाई आउट घोषित गरिएको हो । यसरी आउट हुने उनी पहिलो बंगलादेशी क्रिकेटर हुन् ।

घरेलु मैदान मिरपुरमा खेलिएको यस खेलमा आयोजक टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिलो इनिङ्सको ४१ औं ओभरमा मुस्फिकुरले फास्ट बलर काइल जेमिसनको बलको सामना गरे । उनले स्टम्पतिर उछालिएको बललाई दाहिने हातले रोक्ने प्रयास गरे।

मुस्फिकुर टेस्ट म्याचमा बल ह्यान्डलिङका कारण आउट हुने आठौँ खेलाडी हुन् । साथै, उनी यही कारणले आउट हुने क्रिकेट इतिहासमा ११ औँ खेलाडी बनेका छन् ।