• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक



एजेन्सी । रणवीर कपुरको ‘एनिमल’ ले बलिउड बक्स अफिसमा धमाका मच्चाईरहेको छ । यसले चलचित्र रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले भारतमा मात्रै २८३.७४ करोड भारु कमाएको छ ।

विश्वव्यापी कलेक्सनमा भने ‘एनिमल’ ५ सय करोड नजिक पुगेको छ । चलचित्रले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारु कमाएको छ ।

स्याकनिल्कको रिपोर्टको अनुसार मंगलबार ‘एनिमल’को हिन्दी भर्सनमा दर्शकको उपस्थिति ४२.५१ प्रतिशत रहेको थियो । बुधबार चलचित्रले घरेलु बक्स अफिसमा ३ सय करोड क्लब पार गर्ने अपेक्षा गरिएको छ ।

उता ‘एनिमल’सँगै रिलिज भएको विक्की कौशलको ‘साम बहादुर’ मा भने खडेरी लागेको छ । यस चलचित्रले मंगलबार ३.५० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । सोमबार पनि चलचित्रले सोही रकम बराबरको कारोबार गरेको थियो ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । फिल्मलाई सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।