५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महाशाखाद्वारा कोरिडोर सडक व्यवस्थापन टोली परिचालन



अ+ अ-

काठमाडौं । उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि कोरिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो । 

करिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरिने भएको छ । टोलीको पहिचानको लागी ट्राफिक प्रहरी सीएमटी लेखिएको ज्याकेट लगाएर १५ वटा मोटरसाइकलबाट ३० जनाले नियमित अनुगमन गर्नेछन् । मुख्य कोरिडोरहरु विष्णुमती, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गर्न सो टोली परिचालन गरिएको साथै कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताउनुभयो ।

उक्त टोलीले सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागी छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहित गर्ने समेत जनाइएको छ । मुख्य सडकको चोक, जक्सनको क्यूमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा इन्धनको समेत वचत हुने अपेक्षा ट्राफिक प्रहरीले गरेको छ । महाशाखाले बुधबार आर्थिक प्रलोभनमा नपरी इमानदार भएर काम गरेका भन्दै ३६ जना ट्राफिक प्रहरीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ ।