• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो ।

आज ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक दशमलव २१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ७० प्रतिशतले घटेको हो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड नौ दशमलव १३ प्रतिशतले घटेको छ ।

कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु सात करोड ३४ लाख ४९ हजार १७ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै प्राइम कमर्सियल बैंक प्रमोटर शेयर एक लाख ८० हजार एक सय पाँच कित्ता शेयर किनबेच भएको छ । रासस