• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

राप्रपाले अस्थिरता र अराजकता भित्र आफ्नो भविष्य खोज्दैन: अध्यक्ष लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताउनु भयो ।

उहाँले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३ गते बस्ने केन्द्रिय कार्यसमितिको बैठकको एजेण्डाहरु तय गर्ने सन्दर्भमा बैठक बसेको हो । बैठक आज एजेण्डामा नै सकियो । एजेण्डामा पार्टीको नियमावली पास गर्नुपर्ने थियो, त्यो भयो । निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर पुस, माघ, फागुन र चैत्र आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रश्तुत गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य खोज्दैन । अरुले गर्ने आन्दोलनलाई बिरोध र समर्थन गर्न हतार गर्दैन ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताउनु भयो ।