३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिभिन्न प्रदेशमा थप भएका पालिकामा निर्वाचन गराउन माग



अ+ अ-

काठमाडौँ । अधिवक्ताद्वय मोहना अन्सारी र शैलेन्द्र प्रसाद अम्बेडकर (हरिजन) ले विसं २०७४ जेठ ११ गते नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनाअनुसार लुम्बिनी सहित बिभिन्न प्रदेशमा थप भएका केही गाउँपालिका तथा नगरपालिकामा निर्वाचन गर्न/गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरुले निर्वाचन आयोगमा बुझाउनुभएको ध्यानाकर्षण पत्रमा राजपत्रमा तराई/मधेशका केही जिल्लामा केही गाउँपालिका/नगरपालिका थप गरेको देखिएकाले सोही मितिको सेरोफेरोमा भएको लुम्बिनी प्रदेशको स्थानीय निर्वाचन लुम्बिनी प्रदेशमा थप भएको गाउँपालिका/नगरपालिकामा निर्वाचन हुन नसकेको उल्लेख छ ।

मधेश प्रदेशलगायतका केही अन्य प्रदेशमा निर्वाचन तेस्रो चरणको भएकाले थप पालिकाहरुमा निर्वाचन भई कार्यान्वयन भएको भन्दै उहाँहरुले राजपत्रमा प्रकाशित सूचनामा लुम्बिनी प्रदेशमा थप भएका पालिकाहरुमा निर्वाचन गराउन माग गर्नुभएको हो । ध्यानाकर्षण पत्रमा नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा थप भएका र कायम भएका पालिकाहरुमा निर्वाचन गराउन माग गरिएको छ ।