६ श्रावण २०८३, बुधबार
,
Latest
श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज चैत्र १९ गते बिहीबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तानपक्षको मायामा कमी आउला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): रोकिएका काम पुनः सुरु हुन सक्छन् । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । प्रशासनिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयरबजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज लामो समयदेखि रोकिएका र अपूर्ण कामहरू पूरा हुनेछन् । रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ, त्यसबाट दीर्घकालिक फाइदा पनि होला । हाम्रो पात्रो