२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय सम्पादन समिति बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले(राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ । बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

पुसको पहिलो हप्ता काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न बैठक बोलाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुनेछ ।

राप्रपाले पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक बस्दै छ ।