५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन: उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोप २८ मा थुप्रिएर र मन्त्रीहरुसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताउनु भयो । उहाँले युवाहरुलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरुलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरु बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईहरु कोको गएर आउनुभयो, कोप २८ मा ? क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ । क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । हामीले किचनबाट हरेक तपाईहरुको एक्टिभिटिबाट क्लाइमेट चेन्ज हुन्छ । यहीँबाट गरौँ न ।’

उपसभामुख रानाले हरेक कुरामा पारदर्शिता हुन जरुरी रहेको बताउनु भयो ।