५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशिक्षक अलमुताइरीको प्रधानमन्त्री देउवासँग भेट



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुक्रबार आफूसहित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रधानमन्त्रीसँग भेट गरेको जनाएका छन् । 

उनले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबल प्रतियोगिताको विजेता नेपाली महिला भलिबल टोलीलाई पनि भेटेको तस्बिर सार्वजनिक गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले ​ अलमुताइरीलाई सम्मान पनि गरेका छन् । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली टोलीका प्रशिक्षक अलमुताइरीलाई पनि सम्मान गरिएको हो ।  

सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो । तर, त्यतिबेला मुख्य प्रशिक्षक अलमुताइरी कतारमा थिए । त्यतिबेला छुटेका अलमुताइरीलाई सरकारले आज महिला भलिबल टिमसँगै सम्मान गरेको हो । फुटबलका खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो ।

अलमुताइरीको नेतृत्वमा घरेलु टोली नेपालले भर्खरै सम्पन्न मोरिससविरुद्धको दुबै मैत्रीपूर्ण खेलमा जित निकालेको थियो ।