१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशिक्षक अलमुताइरीको प्रधानमन्त्री देउवासँग भेट



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुक्रबार आफूसहित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रधानमन्त्रीसँग भेट गरेको जनाएका छन् । 

उनले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबल प्रतियोगिताको विजेता नेपाली महिला भलिबल टोलीलाई पनि भेटेको तस्बिर सार्वजनिक गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले ​ अलमुताइरीलाई सम्मान पनि गरेका छन् । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली टोलीका प्रशिक्षक अलमुताइरीलाई पनि सम्मान गरिएको हो ।  

सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको थियो । तर, त्यतिबेला मुख्य प्रशिक्षक अलमुताइरी कतारमा थिए । त्यतिबेला छुटेका अलमुताइरीलाई सरकारले आज महिला भलिबल टिमसँगै सम्मान गरेको हो । फुटबलका खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई ३ लाख नगदसहित सम्मान गरिएको थियो ।

अलमुताइरीको नेतृत्वमा घरेलु टोली नेपालले भर्खरै सम्पन्न मोरिससविरुद्धको दुबै मैत्रीपूर्ण खेलमा जित निकालेको थियो ।