• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

राति खाना खाइसकेपछि मात्र १० मिनेट हिँड्दा यी स्वास्थ्य समस्याहरू हटाउन सकिन्छ



एजेन्सी । यदि तपाईलाई खाना खाएपछि ग्यास, एसिडिटी, अपचजस्ता समस्याहरू सामना गरिरहनुभएको छ भने त्यसको एउटा प्रमुख कारण खानापछि आरामसँग बस्नु र तुरुन्तै सुत्नु पनि हुनसक्छ

खाना खाएपछि केही बेर पैदल हिड्नु जरुरी हुन्छ भन्ने कुरा तपाईले ठूलाबाट सुन्नु भएको होला, यसले तपाईलाई पाचन सम्बन्धी धेरै समस्याबाट टाढा राख्न सक्छ, तर हिँड्नु पाचन क्रियाका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । अन्य धेरै फाइदाहरू पनि छन् ।

बेलुकाको खाना पछि हिड्नुको फाइदा:

पाचन क्रिया सही रहन्छ
लञ्च वा डिनरपछि १० मिनेटको पैदल यात्राले तपाईको धेरै पाचन समस्याहरू समाधान गर्न सक्छ । प्रायः मानिसहरूले खाना खाएपछि ब्लोटिंग, ग्यास, एसिडिटीको गुनासो गर्छन्, त्यसैले चक्की खानुको सट्टा, यो निःशुल्क उपचार प्रयास गर्नुहोस् ।

तौल नियन्त्रणमा रहनेछ
तौल बढेको गुनासो गर्ने मानिसहरूका लागि पनि खाना खाएपछि छोटो पैदल यात्रा धेरै उपयोगी साबित हुन सक्छ, किनभने यसले तौल नियन्त्रणमा राख्छ । हिँड्दा मेटाबोलिज्म बढ्छ, जसले तौल घटाउँछ ।

मधुमेह नियन्त्रण हुनेछ
खाना खाएपछि हाम्रो शरीरले चिनी बनाउन केही समय लिन्छ र खाना खाइसकेपछि कुनै गतिविधि नगर्दा चिनीको मात्रा बढ्छ । यस्तो अवस्थामा १० मिनेट मात्र हिँडेर चिनीको मात्रा नियन्त्रणमा राख्न सकिन्छ ।

कति लामो हिड्नु पर्छ ?
धेरैजसोको जिज्ञासा हुन्छ कि खाना खाइसकेपछि कति समय हिँड्नु उपयुक्त हुन्छ र कति समय हिँड्नुपर्छ ? त्यसोभए यसको जवाफ एक अध्ययनमा दिइएको छ कि खाना खाएपछि कम्तिमा १०–१५ मिनेट करिब १० मिनेट हिँड्दा पाचन सम्बन्धी समस्या हट्छ र मधुमेह सामान्य रहन्छ ।