२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार



अ+ अ-

बागलुङ । ‘समृद्धिको लागि संकल्प यात्रा–२०८०’ को टोलीलाई स्वागत गर्न सोमबारदेखि नै बागलुङ बजार सिंगारिएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली बिहीबार बिहान बागलुङ बजार आउने कार्यक्रम छ ।

वैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पदयात्रामा निस्केको सो टोलीलाई स्वागत गर्न बजार क्षेत्रमा स्वागतद्धार निर्माण गर्नेदेखि बजारका बिच भागमा रहेका सवै स्थानमा सूर्य अंकित झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष ओलीका तस्विर अंकित झण्डाले बागलुङ बजार झकिझकाऊ भएको छ ।

पार्टीको सिंगो नेतृत्व जिल्लामा आउने भएपछि एमालेका नेता कार्यकर्ता निकै उत्साहित भएका छन् । उनीहरु आफ्नो सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेको नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले बताए । बजारका ठाउँ ठाउँमा स्वागत द्धार निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका प्रवेश गर्ने स्थान खहरेमा स्वागत गेट निर्माण गर्न लागिएको छ भने बजार प्रवेशद्धार जीपपार्कमा स्वागत गेट तयार भइसकेको छ । बजारका विभिन्न स्थानमा स्वागत ब्यानर टागिएको छ । पर्वतको मालढुंगासम्म पार्टीका झण्डाहरु फरफराईरहेका छन ।

मंसिर २१ गते बिहीबार बिहान १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा अध्यक्ष केपी ओलीसंग संवाद गर्ने कार्यक्रम तय भएको नगर कमिटीका अध्यक्ष धन वहादुर परियारले बताए । त्यसैको तयारी स्वरुप पार्टी पंक्ति जुटीरहेको परियारले बताए ।

उनका अनुसार पदयात्री टोलीलाई बुधबार गण्डकी र कर्णाली प्रदेशको सिमाक्षेत्र पाती हाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । सो स्थान मध्य पहाडी लोकमार्गको सवैभन्दा उचाईमा रहेको क्षेत्र पनि हो ।

पातीहाल्नेमा स्वागत गरेपछि टोलीलाई निसीखोला गाउँपालिकाको झिवाखोलामा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि पदयात्रा टोलीको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा कार्यक्रम हुनेछ । पार्टी अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सहभागी टोलीलाई बढिगाड पालिकामा स्वागत गरिनेछ ।

त्यसपछि टोली गुल्मीको वामीटक्सारमा हुने सभामा भाग लिनेछ र वेलुका बागलुङको गलकोटमा वास वस्ने र स्थानीयसंग रेमिट्यान्स लगायतका विषयमा संवाद गर्ने कार्यक्रम छ । मंसिर २१ गते विहान काँठेखोलाले घोढाबाँधेमा स्वागत गर्ने र १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा हुने सभामा सहभागी भएर दिउसो पर्वतको कुश्मा बजारमा हुने आमसभामा सहभागी हुने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गणेश पौडेल (चन्द्र गणेश)ले बताए ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको सवैभन्दा बढि भाग १४२ किमी सडक बागलुङ जिल्लामा मात्रै पर्ने भएकाले पनि देशको पूर्वप्रधानमन्त्री आउँदा यहाँका स्थानीयमा ब्यापक खुशी छाएको छ ।

उनीहरुले यो सडकलाई विस्तारसंगै स्तरउन्नती हुनेमा विश्वास लिएका छन् । यो मध्य पहाड सडकलाई सुन्दर भविष्यको रेखाको रुपमा स्थानीयले लिएका छन् । पहाडी क्षेत्रको विकासमा यो सडकको महत्पूर्ण भूमिका रहेको छ ।