१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारसँगै काम गरेका यी अभिनेता अहिले चौकीदार बनेर गुजारा गरिरहेका छन्



अ+ अ-

एजेन्सी । बलिउडमा प्रवेश गर्न र लगातार लाइमलाइटमा रहन धेरै कठिन छ । यहाँ धेरै स्टारहरूले आफूलाई उचाइको शिखरमा पुर्‍याए, केही स्टारहरु समयसँगै गुमनाम भए ।

यसैबीच, बलिउडका ‘खिलाडी कुमार’सँग धेरै फिल्ममा काम गर्ने एक स्टारको बारेमा चर्चा गरौं तर अहिले यी अभिनेताको हालत यस्तो भएको छ कि उनी अहिले पैसाको लागि सुरक्षागार्डको काम गरिरहेका छन् ।

यी अभिनेताले एक मात्र होइन धेरै फिल्ममा काम गरिसकेका छन् यी फिल्मको नाम ‘ब्ल्याक फ्राइडे’, ‘गुलाल’ र ‘पटियाला हाउस’ हो । यी सबै फिल्ममा यी अभिनेताले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

उन नाम सवि सिद्धु हो । फिल्ममा काम गरेपछि यी अभिनेता अहिले गुमनामको जीवन बिताइरहेका छन् । उनीसँग कुनै ठूलो काम छैन । जसका कारण अहिले यो अभिनेता आफ्नो जीविकोपार्जनका लागि चौकीदारको रुपमा काम गरिरहेका छन् ।

सविले एक पोर्टललाई दिएको अन्तर्वार्तामा यसबारे खुलेर कुरा गरेका थिए । यसै क्रममा सविले आफ्नो स्वास्थ्य बिग्रँदै गएका कारण यो निर्णय लिएको बताए । सविले भने– ‘मेरो जीवनको सबैभन्दा कठिन समय त्यो थियो जब मैले मेरी श्रीमती गुमाए । मेरो बुबाको मृत्यु भयो, त्यसपछि मेरी आमा र ससुरा पनि । म अहिले एक्लै छु । स्वास्थ्य राम्रो भएपछि काम पाउँछु भन्ने लाग्यो । तर यस्तो हुन सकेको छैन । काम पाउन गाह्रो हुन थाल्यो । आर्थिक अवस्था सुधार्न, मैले पहरेदारको रूपमा काम गर्ने निर्णय गरें ।’

अभिनेता राजकुमारले सवि सिद्धुको कथाबारे ट्वीट गरेका थिए जुन निकै भाइरल भएको थियो । राजकुमारले ट्विटमा लेखेका छन्, ‘म सवि सिद्धु सर तपाईको कथाबाट प्रेरित छु । मैले तपाईका सबै फिल्ममा तपाईको कामको सधै प्रशंसा गरेको छु । तपाईंको सकारात्मकता मन पर्यो । म मेरा सबै कास्टिंग साथीहरूलाई तपाईं सम्म पुग्न भन्छु ।’

सविले ‘जमीन’, ‘ब्ल्याक फ्राइडे’, ‘पटियाला हाउस’, ‘जाल’, ‘डी–डे’ लगायत १५ फिल्ममा काम गरिसकेका छन् ।