५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतगृहमा राखिएका रु एक करोडभन्दा बढीको फूल नष्ट



अ+ अ-

धरान । धरानमा किसानका रु एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।

धरान उपमहानगरपालिका–२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु, धनकुटाको राजारानी, सिधुवा र तेह्रथुमका विभिन्न ठाउँका स्थानीय फूल व्यवसायीले यसपटकको तिहारका लागि छ लाख थान माला बनाउन पुग्ने सयपत्री फूल धरानस्थित शीतगृहमा भण्डारण गरेका थिए ।

त्यसमध्ये करिब चार लाख माला उन्न पुग्ने फूल बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । बाँकी दुई लाख थान मालाका लागि पुग्ने फूल बिक्री नहुँद नष्ट भएको उहाँको भनाइ छ । भण्डारण गरिएका फूल कुहिन थालेपछि नष्ट गरिएको उहाँले बताउनुभयो ।

व्यवस्थापक भट्टराईका अनुसार विगतका वर्षमा धरानमा करिब पाँच लाख माला उन्न पुग्ने सयपत्रीको फूल बिक्री हुने गरेको थियो । अघिल्लो वर्षको तिहारमा चार लाख ५० हजार थान माला बनाउन पुग्ने फूल बिक्री हुँदा रु दुई करोडको कारोबार भएको थियो ।

“यसपाली करिब पाँच लाख थान माला उन्न पुग्ने फूल बिक्री हुने अनुमान गरिएको थियो । किसानले पनि त्यही अनुमान गरेर फूल उत्पादन गरेका थिए । त्यसैले करिब छ लाख मालाको फूल कृषिउपज बजारमा आएको थियो । तर सोचे जस्तो भएन”, भट्टराईले भन्नुभयो, “विगतमा माला लगाउनमात्र नभई घर सजावटका लागि पनि धरानमा सयपत्रीका धेरै फूल बिक्री हुने गरेको थियो तर यसपटक मालाका लागि बिक्री भए पनि घर सजावटका लागि कम बिक्री भए ।” बजारमा देखिएको आर्थिक मन्दीको असर फूलका कारोबारमा परेको उहाँको भनाइ छ । “पहिले फूल रोप्न हौसिएका किसान यसपाली निराश भएका छन्”, उहाँले भन्नुभयो ।

बराहक्षेत्र–९ श्रीलङ्का टप्पुमा एक बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएका किसान कुमारमगरले पनि धरानको कृषि बजारको शीतगृहमा सयपत्री फूल भण्डारण गर्नुभएको थियो । रैथाने सयपत्री फूलखेती गरेर आर्थिक आम्दानी गराँैला भन्ने सपना देख्नुभएका कृषक मगरले यसपाली सोचेजस्तो व्यवसाय नभएको गुनासो गर्नुभयो । “उत्पादन भएकामध्ये ७५ प्रतिशत फूल नष्ट भएपछि लाखौँ रकमको नोक्सानी बेहोर्नु पर्‍यो”, उहाँले भन्नुभयो ।

धरान कृषिउपज बजारको तथ्याङ्कअनुसार विगतमा धरान बजारमा फूलको माग उच्च थियो । स्थानीय उत्पादनले नपुगेर अघिल्लो वर्षमात्र हाइब्रिड सयपत्री फूलका डेढ लाख माला भारतको कोलकत्ताबाट आयात गरिएको थियो ।

यसपाली भने स्थानीय कृषक, कृषि समूह, कलेजका विद्यार्थीको समूहलेसमेत फूलखेती गरेका थिए । स्थानीय उत्पादन पर्याप्त भएपछि धरानमा यसपटक भारतबाट सयपत्री फूल आयात प्रतिस्थापन भए पनि स्थानीय फूल कृषकले कम मूल्य पाएकाले नोक्सानी बेहोर्नु परेको कृषि बजारका व्यवस्थापक भट्टराईले बताउनुभयो । रासस




भर्खरै