७ श्रावण २०८३, बिहीबार
,
Latest
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्।

यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । पहिलो चरणमा वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरुमाथि स्पष्टीकरणमार्फत कारबाही गर्ने गृहकार्य शुरू भएको ओली निकट एक नेताले बताए । उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने नेताहरुमाथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि बढाउँछ । ती नेताले भने– ‘पार्टी अब अलमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम कारबाही शुरु हुन्छ ।

’नेपाल पक्षले भने ओलीले गरेको कारबाहीबाट नडराउने बताउँदै देशभर समानान्तर कमिटी गठनलाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ । राष्ट्रिय कार्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ । नेपाल समूहका नेता ठाकुर गैरेले अध्यक्ष ओलीको कारबाहीको धम्कीबाट नडराउने बताउँदै देशव्यापी राष्ट्रिय अभियान लिएर जाने बताए । उनले भने– ‘ओली प्रवृत्तिको स्वेच्छाचारी र अवसरवादको विरुद्ध राष्ट्रिय अभियान लिएर जान्छौँ ।’ नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।