• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

अस्मिताको ४५ दिने अमेरिका टुर: गरिन् १२ सहरमा कन्सर्ट



टेक्सस । गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा – भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।

नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो । अधिकारीले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरिय कन्सर्ट स्थलहरूमा कार्यक्रमको आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित ती सबै कन्सर्टमा नेपाली भाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूसम्मको सहभागिता रहेको थियो । अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल, मन्त्रमुग्ध कन्सर्ट र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजक मध्ये एक शरद युवराज सिंहले बताए ।

ूयस क्षेत्रमा काम गरेको डेढ दशक भन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा भेट्टायौूँ, सिंहले भने, ‘उनले आफूलाई यसरी स्थापित गर्दै गएकी छन् की जुन आजको सङ्गीतको बजारमा निकै दुर्लभ छ । हामीले उनको कन्सर्ट आयोजना गर्न पाएकोमा गर्व गरेका छौँ ।’नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक ल्याउन अस्मिताले मद्दत गरिन् भन्ने आफ्नो विश्वास गरेको उनले बताए ।

अस्मिताले पछिल्लो समयको चर्चित गीत ‘काले केटाले’ सहित टाढा भए पनि, मेसो मिलाएर, रमरम मरौटी, उता परेली झिम झिम भो, फुलै फुल दिन्छौ कि लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।