२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केजीएफ २’ पछि फेरि एकपटक ठूलो धमाका गर्न तयार छन् रकिङ स्टार यश



अ+ अ-

एजेन्सी । कन्नड रकिङ स्टार यशको फिल्म ‘केजीएफ’ र ‘केजीएफ २’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो । प्रशान्त नीलद्वारा निर्देशित यो उनको पहिलो फिल्म थियो, जुन भारतभर रिलिज भएको थियो ।

फिल्मको कथा र यशको धमाकेदार एक्सन देखेपछि फ्यानहरूको मागमा निर्माताले केजीएफ २ ल्याएका हुन् जसले बक्स अफिसमा पहिलो पार्टभन्दा दोब्बर व्यापार गरेको थियो ।

केजीएफ २ मा यशसँग सञ्जय दत्त मुख्य भूमिकामा देखिएका थिए । केजीएफ ३ को चर्चाको बीचमा हालै यशको तेस्रो फिल्मको घोषणा भएको छ ।

दक्षिण र हिन्दी दर्शकको मनपर्ने स्टार बनेका कन्नड रकिङ स्टार यश केजीएफ २ पछि आफ्नो अर्को फिल्मको घोषणा गर्न लामो समयदेखि पर्खिरहेका थिए । अब भर्खरै त्यो क्षण आएको छ, किनकि यशले आफ्नो अर्को फिल्म घोषणा गरेका छन् ।

ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा यशको अर्को फिल्मको बारेमा जानकारी शेयर गरेर फ्यानहरूको बेचैनी दोब्बर पारेका छन् । यशको नयाँ फिल्मको बारेमा अपडेट दिँदै उनले लेखे – ‘केजीएफ २ पछि यशले आफ्नो अर्को फिल्म डिसेम्बर ८ मा घोषणा गर्न लागेका छन् । केजीएफ २ को सफलता पछि, उनले छिट्टै आफ्नो अर्को फिल्मको शीर्षक घोषणा गर्नेछन् ।’

जानकारी बाँड्दै उनले अहिले कन्नड रकिङ स्टारको फिल्मको टेन्टेटिभ शीर्षक ‘यश १९’ रहेको पनि बताए । यशले यो फिल्ममा केभीएन प्रोडक्सनसँग सहकार्य गर्दैछन् ।

यशको अबको फिल्मको नाम के होला, डिसेम्बर ८ मा पर्दाफास हुनेछ । यशको फिल्म केजीएफले बक्स अफिसमा विश्वभर १२ सय करोडको व्यापार गरेको थियो ।