२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँशु किन बग्छ, तपाईलाई थाहा छ ? जान्नुहोस्



अ+ अ-

एजेन्सी । मानिसको आँखा प्राय रसाइरहन्छ । मानिसको मात्र होइन पशुपंक्षीको पनि आँखामा आँसु देखिन्छ ।

कुनै बेला चित्त दुखेका बेला आउँने आँसु खुसी भएका बेला पनि आउँछ । कस्तो अवस्थामा आउँछ भन्ने बारे तपाईले थाहा पाउनुपर्छ ।

आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ। आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ। ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ। आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ।

यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ। त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ।

आँसुमा हुने पदार्थ जस्तै–नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ। जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ।

विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ। यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ।