• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नाबालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ



काठमाडौँ ।  प्रहरीले कलङ्की र नयाँ बसपार्कका होटल तथा गेस्ट हाउसमा नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिलालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएकी २५ वर्षीया सपना तामाङ भन्ने पूजा रानालाई पक्राउ गरेको हो । प्रहरीले तीन जना नाबालिकाको पनि उद्धार गरेको छ ।

रानामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको छ।