• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो

प्रधानमन्त्री दाहाललाई दिपकको पत्र: चरम पुँजीवाद तिर उन्मुख हुँदै गरेको यहाँको यात्रा सफल होस



बधाई छ प्रधानमन्त्री पुष्पकमल दाहालज्यू लाई नातिनीको इंगेजमेंट भव्यताका साथ सम्पन्न गर्नु भएकोमा।धन्यवाद छ यहाँलाई ३ कठ्ठा जग्गा र ३ तोला सुन सम्पत्ति भएका सबै नेपालीहरूलाई तपाईँको नातिनीको जस्तै इंगेजमेंट हुने सपना देखाउनु भएकोमा।

तपाईँको नातिनीको जस्तै सबै नेपालीले पाँच तारे होटेलमा इंगेजमेंट गर्न सक्ने अर्थतन्त्रको निर्माण गर्नु हुने छ भन्ने कुरामा म आशावादी छु।

आशा छ तपाईँको पालामा श्रीमानको कमाइले नयाँ फरिया, चोली र सिन्दूर लगाएर माइत जाने आशामा बसेकी श्रीमतीको सिन्दूर पुछिने छैन।

छोराले कमाएको पैसाले एउटा बुलाकी लगाएर राम्री बुहारी भित्राउँदा आँगनमा धुलो उडाउँदै रत्यौली खेलुँला भन्ने आमाहरू छोराको लास हेरेर कुनामा भक्कानो छोडी रुन पर्ने छैन।छोराले पैसा कमाएर ल्याएपछि फाटेको इस्टकोटको सट्टा नयाँ कोट लगाएर कान्छो छोराको बिहे धूमधामसँग गर्ने रहर पूरा नहुँदै कैयौँ बुढा बा छोराको मलामी जानु पर्ने छैन।

दाइले जुत्ता ल्याएपछि चप्पल लगाउनुपर्दैन भन्ने आशामा बसेको भाइ, तिहारमा टीका लगाएर उपहारको प्रतीक्षामा बसेकी बहिनी, साथी फर्केर आएपछि घुम्न जाने आशामा बसेका बाल सखाहरूको सपना अकस्मात् चकनाचुर हुने छैन, नेपालीहरू विदेशबाट बाकसभरि उपहारको सट्टा बाकसभित्र रहेको आफन्तको लास लिन एयरपोर्ट जान बाध्य हुने छैनन्।

अन्तमा समाजवादबाट चरम पुँजीवाद तिर उन्मुख हुँदै गरेको यहाँको यात्रा सफल होस भन्ने शुभकामना टक्र्याउन चाहन्छु।

जोशी नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूहमा आवद्ध हुनहुन्छ।