२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई दिपकको पत्र: चरम पुँजीवाद तिर उन्मुख हुँदै गरेको यहाँको यात्रा सफल होस



अ+ अ-

बधाई छ प्रधानमन्त्री पुष्पकमल दाहालज्यू लाई नातिनीको इंगेजमेंट भव्यताका साथ सम्पन्न गर्नु भएकोमा।धन्यवाद छ यहाँलाई ३ कठ्ठा जग्गा र ३ तोला सुन सम्पत्ति भएका सबै नेपालीहरूलाई तपाईँको नातिनीको जस्तै इंगेजमेंट हुने सपना देखाउनु भएकोमा।

तपाईँको नातिनीको जस्तै सबै नेपालीले पाँच तारे होटेलमा इंगेजमेंट गर्न सक्ने अर्थतन्त्रको निर्माण गर्नु हुने छ भन्ने कुरामा म आशावादी छु।

आशा छ तपाईँको पालामा श्रीमानको कमाइले नयाँ फरिया, चोली र सिन्दूर लगाएर माइत जाने आशामा बसेकी श्रीमतीको सिन्दूर पुछिने छैन।

छोराले कमाएको पैसाले एउटा बुलाकी लगाएर राम्री बुहारी भित्राउँदा आँगनमा धुलो उडाउँदै रत्यौली खेलुँला भन्ने आमाहरू छोराको लास हेरेर कुनामा भक्कानो छोडी रुन पर्ने छैन।छोराले पैसा कमाएर ल्याएपछि फाटेको इस्टकोटको सट्टा नयाँ कोट लगाएर कान्छो छोराको बिहे धूमधामसँग गर्ने रहर पूरा नहुँदै कैयौँ बुढा बा छोराको मलामी जानु पर्ने छैन।

दाइले जुत्ता ल्याएपछि चप्पल लगाउनुपर्दैन भन्ने आशामा बसेको भाइ, तिहारमा टीका लगाएर उपहारको प्रतीक्षामा बसेकी बहिनी, साथी फर्केर आएपछि घुम्न जाने आशामा बसेका बाल सखाहरूको सपना अकस्मात् चकनाचुर हुने छैन, नेपालीहरू विदेशबाट बाकसभरि उपहारको सट्टा बाकसभित्र रहेको आफन्तको लास लिन एयरपोर्ट जान बाध्य हुने छैनन्।

अन्तमा समाजवादबाट चरम पुँजीवाद तिर उन्मुख हुँदै गरेको यहाँको यात्रा सफल होस भन्ने शुभकामना टक्र्याउन चाहन्छु।

जोशी नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूहमा आवद्ध हुनहुन्छ।