२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई जिम्मेवारी



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

सो कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी मन्त्रालयहरु मुख्यमन्त्री कार्कीले राख्नुभएको छ । रासस