१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘एनिमल’ले दुई दिनमै कमायो १३१ करोड



अ+ अ-

एजेन्सी । शुक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

फिल्मलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेको भएपनि फिल्मको कमाईमा भने उछाल आइरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले ओपनिङ डे अर्थात् शुक्रबार ५४.७५ करोड र शनिबार ५८.३७ करोडको कलेक्शन गरेको थियो । यो कमाई हिन्दी भर्सनमा मात्र रहेको छ ।

यस्तै, साउथ इन्डियन भाषामा फिल्मले शुक्रबार ९.०५ र शनिबार ८.९० गरी १७.९५ करोडको कमाई गरेको छ । यसरी फिल्मले सबै भाषामा गरी १३१.०७ करोडको कमाई गरेको छ ।

एनिमलमा रणवीर कपूर बाहेक अनिल कपुर, बबी देओल र रश्मिका मन्दानाको पनि अभिनय रहेको छ । यो सन्दीप रेड्डी वांगा द्वारा निर्देशित फिल्मले आफ्नो बुबाको हत्या प्रयासको बदला लिने एक ‘पागल’ छोराको कथा बताउँछ ।