१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै कर्णाली छिर्‍यो एमाले अभियान

राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै कर्णाली छिर्‍यो एमाले अभियान
अ अ+ अ-

दैलेख (राकम) । नेकपा (एमाले)को ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछाम जिल्ला र कर्णालीको दैलेख जिल्ला प्रवेश गर्ने पुल तरेर टोली कर्णाली प्रवेश गरेको हो ।

मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले बिदाई र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको हो ।

अछाम र दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अमियान टोली कर्णाली प्रदेश प्रवेश गरेको हो ।

कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दाामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेपछि एमाले अभियान औपचारिक रुपमा कर्णाली प्रदेश प्रवेश गरेको हो ।
पञ्चकलस र पञ्चकन्या सहित पार्टी प्रदेशका नेता कार्यकर्ताको टोलीले एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई कर्णालीमा प्रदेश इन्चार्ज भट्ट, स्थायी कमिटि सदस्य उामलाल कँडेल, गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह नेतृत्वका एमाले कर्णालीका सयौ नेता तथा कार्यकर्ताको टोलीले स्वागत गरेको हो ।

अछामको वेलखेतबाट पैदल पुल क्रस गर्नु भएका एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम र कर्णाली जोड्ने पुलको अवलोकन समेत गर्नु भएको छ । ओलीले आज राकम कर्णालीमा आयोजना हुने वृहत आमसभालाई संवोधन गर्नु हुनेछ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबार देखि शुरु हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटि सदस्य, पोलिव्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेतहरु अभियानमा सहभागि हुनु भएको छ ।

एमालेको मधयपहाडी यात्रा झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर सकिने छ ।