• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै कर्णाली छिर्‍यो एमाले अभियान



दैलेख (राकम) । नेकपा (एमाले)को ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछाम जिल्ला र कर्णालीको दैलेख जिल्ला प्रवेश गर्ने पुल तरेर टोली कर्णाली प्रवेश गरेको हो ।

मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले बिदाई र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको हो ।

अछाम र दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अमियान टोली कर्णाली प्रदेश प्रवेश गरेको हो ।

कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दाामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेपछि एमाले अभियान औपचारिक रुपमा कर्णाली प्रदेश प्रवेश गरेको हो ।
पञ्चकलस र पञ्चकन्या सहित पार्टी प्रदेशका नेता कार्यकर्ताको टोलीले एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई कर्णालीमा प्रदेश इन्चार्ज भट्ट, स्थायी कमिटि सदस्य उामलाल कँडेल, गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह नेतृत्वका एमाले कर्णालीका सयौ नेता तथा कार्यकर्ताको टोलीले स्वागत गरेको हो ।

अछामको वेलखेतबाट पैदल पुल क्रस गर्नु भएका एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम र कर्णाली जोड्ने पुलको अवलोकन समेत गर्नु भएको छ । ओलीले आज राकम कर्णालीमा आयोजना हुने वृहत आमसभालाई संवोधन गर्नु हुनेछ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबार देखि शुरु हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटि सदस्य, पोलिव्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेतहरु अभियानमा सहभागि हुनु भएको छ ।

एमालेको मधयपहाडी यात्रा झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर सकिने छ ।