२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः पहिलो पटक भारत बाहिर खेलाडीमाथि बोली लगाइने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । यो जानकारी इन्डियन प्रिमियर लिगको एक्स (पहिले ट्विटर) खातामा दिइएको थियो । पहिलो पटक आईपीएलको लिलामी भारत बाहिर हुने भएको छ । आईपीएलको लिलामी डिसेम्बर १९ मा दुबईमा हुनेछ ।

खेलाडीको बिडिङ डिसेम्बर १९ मा हुनेछ भने यो पहिलो पटक विदेशमा आयोजना हुन लागेको हो । यस दिन कुल ११६६ खेलाडीहरू आईपीएलमा हिस्सा बन्नका लागि सामेल हुनेछन । जसमा ९०९ अनक्याप खेलाडीहरू छन्, जसमध्ये ८१२ भारतीय छन् ।

१० फ्रेन्चाइजीहरु सहभागी हुने आर्इपीएल २०२४ मा ७७ वटा स्लट भर्नुपर्नेछ । जसमध्ये कुल ३० स्थान विदेशी खेलाडीका लागि हुन सक्छन् ।

प्रत्येक फ्रान्चाइजीसँग कति पैसा छ ?
१. लखनऊ सुपर जायन्ट्स – १३.१५ करोड रुपैयाँ
२. राजस्थान रोयल्स – १४.५ करोड रुपैयाँ
३. मुम्बई इन्डियन्स – १५.२५ करोड रुपैयाँ
४. गुजरात टाइटन्स – १३.८५ करोड रुपैयाँ
५. दिल्ली क्यापिटल्स – २८.९५ करोड रुपैयाँ
६. पञ्जाव किंग्स – २९.१ करोड रुपैयाँ
७. चेन्नई सुपर किंग्स – ३१.४ करोड रुपैयाँ
८. कोलकाता नाइट राइडर्स – ३२.७ करोड रुपैयाँ
९. सनराइजर्स हैदरावाद – ३२.७ करोड रुपैयाँ
१०. रोयल च्यालेन्जर्स बैंगलोर – ४०.७५ करोड रुपैयाँ