२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः पहिलो पटक भारत बाहिर खेलाडीमाथि बोली लगाइने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । यो जानकारी इन्डियन प्रिमियर लिगको एक्स (पहिले ट्विटर) खातामा दिइएको थियो । पहिलो पटक आईपीएलको लिलामी भारत बाहिर हुने भएको छ । आईपीएलको लिलामी डिसेम्बर १९ मा दुबईमा हुनेछ ।

खेलाडीको बिडिङ डिसेम्बर १९ मा हुनेछ भने यो पहिलो पटक विदेशमा आयोजना हुन लागेको हो । यस दिन कुल ११६६ खेलाडीहरू आईपीएलमा हिस्सा बन्नका लागि सामेल हुनेछन । जसमा ९०९ अनक्याप खेलाडीहरू छन्, जसमध्ये ८१२ भारतीय छन् ।

१० फ्रेन्चाइजीहरु सहभागी हुने आर्इपीएल २०२४ मा ७७ वटा स्लट भर्नुपर्नेछ । जसमध्ये कुल ३० स्थान विदेशी खेलाडीका लागि हुन सक्छन् ।

प्रत्येक फ्रान्चाइजीसँग कति पैसा छ ?
१. लखनऊ सुपर जायन्ट्स – १३.१५ करोड रुपैयाँ
२. राजस्थान रोयल्स – १४.५ करोड रुपैयाँ
३. मुम्बई इन्डियन्स – १५.२५ करोड रुपैयाँ
४. गुजरात टाइटन्स – १३.८५ करोड रुपैयाँ
५. दिल्ली क्यापिटल्स – २८.९५ करोड रुपैयाँ
६. पञ्जाव किंग्स – २९.१ करोड रुपैयाँ
७. चेन्नई सुपर किंग्स – ३१.४ करोड रुपैयाँ
८. कोलकाता नाइट राइडर्स – ३२.७ करोड रुपैयाँ
९. सनराइजर्स हैदरावाद – ३२.७ करोड रुपैयाँ
१०. रोयल च्यालेन्जर्स बैंगलोर – ४०.७५ करोड रुपैयाँ